फिलिपिन्समा शक्तिशाली भूकम्प

दाभाओ सिटी- दक्षिण फिलिपिन्समा बुधबार ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू-विज्ञान विभागले जानकारी दिएको छ ।

स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो। सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराईमा रहेको सो विभागले जानकारी दिएको छ।

भू विज्ञान निकायका अनुसार यस भूकम्पपछि फिलिपिन्सको दक्षिण द्वीप मिन्दानाओमा समेत यस भूकम्पको कम्पन महसूस गरिएको थियो। फिलिपिन्समा गत डिसेम्बर २९ मा आएको ७.२ म्याग्निच्युड को भूकम्प आएको थियो।

यस भूकम्पपछि पनि कूनै मानवीय र सपत्ती क्षतिको भने कुनै समाचार भएको थिएन।फिलिपिन्समा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्