हराएको तीन वर्षपछि जाहेरी, आठ वर्षपछि थाहा भयो– पुलबाट धकेलेर हत्या

काठमाडौँ– तनहुँको ब्यास नगरपालिकाका रामबहादुर परियार २०६८ साल साउन ९ गते दुलेगौँडा जानेभन्दै गाउँकै साथीहरु सुकबहादुर परियार र मंगलबहादुर दमैसँग निस्किए।

अरु फर्किए पनि राम बेपत्ता भए। राम हराएको तीन वर्षपछि २०७१ मंसिर १४ गते रामकी श्रीमती सनिसरा परियारले प्रहरीमा उजुरी दिइन्–तीन वर्षदेखि श्रीमान हराएको भन्दै खोजी दिन अनुरोधको आशयसहित। यस घटनामा तत्काल प्रहरीबाट कुनै प्रगति भएन।

राम हराएको आठ वर्षपछि तनहुँ प्रहरीले यसै साता पत्ता लगाएको छ– भारु भन्ने भारती परियारको योजना र निर्देशनमा मंगलबहादुर दमै र सुकबहादुर परियारले रामलाई दुलेगौँडा नजिकै रहेको सेती नदीको पुलमा लगि पुलबाट धकेलेर हत्या गरेका थिए।

प्रहरीले मंगल र भारतीलाई पक्राउ गरि कर्तव्य ज्यान मुद्धामा अनुसन्धान गरिरहेको छ। सुकबहादुर भने फरार छन्।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्