सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’को विजेता बने मानबहादुर

काठमाडौं – सिटी एक्सप्रेसको लखपति एक्सप्रेस योजना अन्तर्गत १२ लाखको बम्पर उपहार लक्कीड्र« मार्फत मानबहादुर खत्री विजेता भएका छन्।

सटी एक्सप्रेस मनि ट्रान्सफरमा जापानबाट पैसा पठाएपछि उनी लखपति एक्सप्रेस योजनामा सहभागी भएका थिए । सिटी एक्सप्रेसको कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सिताराम कट्टेल धुर्मुसद्वारा सिस्ट्ममा आधारित लक्कीड्र मार्फत विजेता घोषणा गरिएको हो।

उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले २ सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले १० हजार नगद र ३ जनाले १ लाख नगद प्राप्त गरिसकेका छन्।

सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो। सिटी एक्सप्रेसको लखपति एक्सप्रेस उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक २ सयको मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा १० हजार तीन जनालाई र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले १ लाख र अन्त्यमा एक जना भाग्यशाली विजेताले १२ लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो।

माघ २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्