राजधानीका ठाउँठाउँमा सीके राउतका पोस्टरहरु (६ तस्बिरहरु)

विखण्डनवादी नेता भनेर चिनिएका सीके राउतले राजधानीमा पम्प्लेटबाजी गरेका छन्।

उनले ‘२००७ सालदेखि करायो, लोकतन्त्र कता हरायो’, ‘राणाकालभन्दा क्रुर, तानाशाही फासीवादबिरुद्ध लडौँ,’ ‘लोकतन्त्र र न्यायका लागि उठौँ’लगायत नारा राखेर राजधानीका विभिन्न भागमा पम्प्लेटबाजी गरेका हुन्।

उनले राजधानीका विभिन्न स्थानमा टाँसेका पम्प्लेटहरुमा विखण्डनवादी नारा भनेर लेखेका छन्। उनले आफ्नो परिचय फेर्न वा राज्यको नजरमा नरम देखिन विखण्डनवादी नारा नलेखेका हुन् भन्नेबारे विभिन्न अड्कलबाजी भएका छन्।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु:

माघ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्