बिशाल मेमोरियल गोल्ड कपको उपाधिका लागि आर्मी र हिमालयन शेर्पा भिड्ने

वीरगञ्ज-बिशाल मेमोरियल गोल्ड कप फुटबलको उपाधिका लागि त्रिभुवन आर्मी र हिमालयन शेर्पा क्लब भिड्ने भएका छन्। बिहीबार भएको दोस्रो सेमिफाइनलमा झापा–११ लाई पराजित गर्दै आर्मीले शेर्पासँगको भेट पक्का गरेको हो।

आर्मीले झापालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। खेलको दोश्रो मिनेटमै आर्मीका टेकबहादर बुढाथोकीले गोल गर्दै अग्रता दिएका थिए। खेलको १४ औं र २४ औं मिनेटमा सन्तोष तामाङ्गले गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाए।

दोश्रो हाफमा पनि आर्मीले हिमालयन शेर्पा क्लबमाथि दवाव कायम राख्यो।

७० औं मिनेटमा विवेक बस्नेतको प्रहार झापाका दिलेन लोक्तानले बचाउ गर्न खोज्दा आत्मघाती गोल हुन पुग्यो। ७४ औं मिनेटमा टेकबहादुर बस्नेत र ८८ औं मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीलाई फराकिलो जितसहित फाइनलमा पुर्याए।

झापाका लागि एक मात्र गोल आशिष चापागाईले गरे। खेलको म्यान अफ दी म्याच आर्मीका सन्तोष तामाङ्ग घोषित भए । तामाङले ५ हजार रुपैयाँ प्राप्त गरे।

उपाधि भिडन्त आउँदो शनिबार हुनेछ। ८ टीम सहभागि भएको प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगताको सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिनेछ।

माघ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्