सिमरा गोल्डकपमा आयोजक नव जनजागृतिको विजय सुरुवात

बिरगञ्ज– बिहीबारदेखि शुरु भएको रुस्लान सिमरा गोल्डकपको दशौं संस्करणको उद्घाटन खेलमा आयोजक नव जनजागृति कल्ब सिमराले विजय गरेको छ। सिमरा रंगशालामा सिमराले मकवानपुर–११ लाई ३–० गोल अन्तरले पराजित गरेको हो।

खेलको म्यान अफ दि म्याच नव जनजागृतिका निरज थापा मगरले १० हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा सात ए डिभिजन क्लबसहित १० टिमको सहभागिता रहेको छ।

आयोजक जनजागृति युवा कल्बसहित मोफलसलका विशाल मेमोरियल फाउण्डेशन, मकवानपुर ११ सहभागी छन्। ए डिभिजन क्लब त्रिभुवन आर्मी क्लब, थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, सिएमजी संकटा, हिमालयन शेर्पा क्लब, सरस्वती युथ क्लब सहभागी रहेको आयोजकले जनाएको छ।

त्रिभुवन आर्मी क्लब गत बर्षको ९ औं सँस्करणको बिजेता हो। प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिने छ। यस्तै प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्ड, हाई स्कोरर, फरवार्ड र प्रशिक्षकलाई जनही २० हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। एक जना उत्कृष्ट युवा खेलाडीले उदयीमान खेलाडी घोषणा गर्दै १५ हजार नगदसहित पुरस्कृत गरिनेछ।

माघ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्