नायिका ऋचा शर्माले भनिन्,’ मलाई हृदयघात भएको होइन’

काठमाडौँ– छातिमा अकस्मात समस्या भएपछि बिहीबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएकी नायिका ऋचा शर्माको स्वास्थ्यमा सुधार आएको छ। छाति अचानक दुखेपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। उनको आइसियूमा उपचार भइरहेको छ।

अस्पतालबाटै सामाजिक सञ्‍जालमा आफ्‍नो स्वाथ्यबारे अपडेट गराउँदै ऋचाले आफूलाई हृदयघात नभएको र छातिमा सामान्य समस्या भएर अस्पताल भर्ना भएको बताएकी छिन्।

उनले भनिन्, ‘मलाई हैदयघात भएको होइन, सबै रिपोर्टहरु सामान्य छन्।’

 

 

 

माघ ३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्