म साउदी अरबबाट किन भागे?

यो एक नाटकीय कहानी जस्तै छ जसले साउदी अरबमा महिलाहरुमाथि लाग्ने प्रतिवन्धबारे प्रकाश पार्छ । १८ वर्षकी राहफ मोहम्वद कुनन मामलाले त्यतिबेला पूरै विश्वको ध्यान आफूतिर तानेकी थिइन् जतिबेला उनी बैंककको विमानस्थलमा आफ्नो देश नफर्कने भन्दै अनशन बसिन् ।

उनी साउदी अरबमा आफ्नो परिवार छोडेर आएकी थिइन् र ट्वीटरमा उनका समर्थकहरुले अभियान चलाएपछि क्यानडाले आश्रय दियो । यो घटनापछि साउदी अरबमा महिला अधिकारको कुरा फेरि चर्चामा आएको छ र उनीहरुमाथि लाग्ने प्रतिवन्धबारे प्रश्न उठेको छ ।

यस्तै स्थितिबाट गुज्रेकी एक अर्की युवतीले बिबिसीसँग आफ्नो कहानी भनेकी छन् जो साउदी छोडेर क्यानडा पुगेकी थिइन् । २४ वर्षकी सलवा आफ्नो १९ वर्षकी बहिनीसँग ८ महिना अघि घर छोडेर भागेकी थिइन् र अहिले उनी मान्ट्रीओलमा बस्छिन् । उनको कहानी उनकै शब्दमा ।

कसरी गरिन् घर छोड्ने तयारी?


हामी झण्डै ६ वर्षदेखि साउदी अरब छोड्ने तयारी गरिरहेका थियौँ । तर हामीलाई यसका लागि पासपोर्ट र राष्ट्रिय परिचयपत्रको आवश्यकता थियो ।
मलाई यि सबै कागजपत्रहरुका लागि आफ्नो अभिभावकको सहमतिको जरुरी थियो । तर राम्रो कुरा यो भयो कि मसँग मेरो परिचयपत्र थियो । विश्वविद्यालयमा पढ्ने क्रममा मेरो परिवारले यसमा सहमति दिएको थियो ।

मसँग पासपोर्ट पनि थियो किनभने दुई वर्षअघि मलाई अंग्रेजी परीक्षाका लागि यसको जरुरत परेको थियो । तर, मेरो परिवारले मबाट यि सबै कागजपत्रहरु लगिसकेको थियो । मैले आफ्नो भाईको घरबाट साचो चोरे र पसलमा गएर त्यस्तै नक्कली साचो बनाएकी थिए । जब घरका मानिसहरु सुतिरहेका थिए मैले बाहिर निस्केर यो सबै काम गरे ।

यो अत्यन्त जोखिमयुक्त काम थियो किनकि यदि प पक्राउ परेकी भए मेरो धेरै नराम्रो हालत हुने थियो । साचो प्राप्त भएपछि मैले बहिनीको र आफ्नो पासपोर्ट निकाले र बुवा सुतिरहेका बेला उनको फोन पनि लिए । मैले गृह मन्त्रालयको वेबसाईटमा उनको अकाउन्टमा लगइन गरे र उनको पञ्जीकृत नम्बरलाई बदलेर आफ्नो नम्बर राखे । मैले उनको अकाउन्टमार्फत हामी दुवैका लागि देश छोड्ने सहमति लिए ।

कसरी निस्कीन् घरबाट?


एक रात जब सबैजना सुतिरहेका थिए हामी दुवैजना त्यहाँबाट भाग्यौँ त्यतिबेला हामीहरु धेरै तनावमा थियौँ । हामी ट्याक्सीमा बस्यौँ । राम्रो पक्ष यो भयो कि चालक विदेशी भएका कारण हामीमात्र जान लागेको देखेपनि उनलाई त्यो कुरा वास्ता भएन ।

हामी किंग खालिद इन्टरनेशनल एयरपोर्टका लागि निस्क्यौँ । त्यतिबेला यदि कैसैले थाहा पाएको भए हाम्रो हत्या समेत हुन सक्थ्यो । जब म कलेजको अन्तिम वर्षमा थिए त्यतिबेला एक अस्पलातमा काम गर्थे । त्यसबाट प्राप्त भएको पैसा मैले जर्मनीका लागि चाहिने जहाजको टिकट र ट्रान्जिट भिसा खरिद गर्नका लागि जोगाएकी थिए । मसँग वेरोजगारी भत्ताको पनि पैसा थियो ।

मैले आफ्नो बहिनीसँगै फ्लाइट लिए । म जहाजमा बसेको त्यो पहिलो पटक थियो । त्यो एक गजबको अनुभव थियो । म खुसी थिए । डराएकी पनि थिए ।

जब मेरो बुवालाई यो कुरा थाहा भयो उनले प्रहरीलाई बोलाए तर त्यतिबेलासम्म उनका लागि धेरै ढिलो भइसकेको थियो । र जसरी मैले गृहमन्त्रालयको वेबसाईटमा उनको फोन नम्बर बदलेकी थिए उनलाई मन्त्रालयबाट आउने फोन मलाई आउने गरेको थियो । जब हामी जर्मनीमा झर्यौँ प्रहरीका तर्फबाट एक म्यासेज प्राप्त भएको थियो उक्त म्यासेज मेरो बुवाका लागि थियो ।

जब जर्मनी पुगिन्


साउदी अरबमा कुनै जिन्दगी नै छैन । मेरो जिन्दगी केवल यत्ति थियो कि घरबाट विश्वविद्यालय र त्यहाँबाट घर । यस बाहेक म अरु केही गर्न पाउथेन । उनीहरु मलाई गलत कुरा सिकाउँथे कि पुरुषहरु हामी भन्दा माथिका हुन् ।

जब म जर्मनी पुगे आश्रयका लागि कानुनी सहयोग प्राप्त गर्न वकिलसँग भेट गरे । मैले एउटा फाराम भरे र उनलाई आफ्नो कहानी सुनाए ।
मैले क्यानडामा रहने निर्णय गरे किनभने मानवअधिकारका लागि यो देशलाई धेरै राम्रो मानिन्छ । मैले पत्रिकाहरुमा सिरियाका शरणार्थीहरुलाई यहाँ राखिएको पढेकी थिएँ ।

मेरो प्रस्वात स्वीकार भयो । अहिले म आफ्नो बहिनीसँगै बिना कुनै तनावका साथ जिन्दगी बिताइरहेकी छु । यहाँ कसैले पनि मलाई कुनै काममा जबर्जस्ती गर्दैनन् ।

हुन सक्छ साउदी अरबमा धेरै पैसा होला तर यहाँको जिन्दगी धेरै राम्रो छ किनभने मैले जतिबेला चाह्यो त्यति नै बेला आफ्नो अपार्टमेन्टबाट बाहिर निस्कन पाउँछु । यसका लागि मलाई कसैको सहमति आवश्यक पर्दैन । यो कुराले मलाई धेरै खुसी तूल्याउँछ । मैले जस्तो लुगा चाह्यो त्यस्तै लगाउन सक्छु ।

मलाई लागिरहेको छ कि म जीन्दगीमा केही गरिरहेकी छु ।

-बिबिसीबाट 

माघ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्