काठमाडौँ – देशभर शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी पहाडी भेगमा अपरान्हपछि आंशिक बदली रहेपनि दिउँसोको मौसम भने देशभर सफा रहने मौसमविदले जानकारी दिएका छन् । अपरान्हपछि पूर्वी पहाडी भेगका एक/दुई स्थानमा छिटफुट वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति पनि देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदको भनाई छ ।

माघ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्