मुस्लिमलाई चिनियाँकरण गर्दै चीन, बनायो पञ्‍चवर्षीय योजना

चीनले आफ्नो देशमा रहेका मुसलमानमाथि नियन्त्रण बलियो बनाउनको लागि एक राजनीतिक अभियानको शुरुवात गर्ने भएको छ।

यसका लागि एक पञ्‍चवर्षीय योजना बनाउँदै छ जसबाट इस्लामलाई सजिलै चिनियाँकरण गरिनेछ। यसबाट चीनको कम्युनिष्ट पार्टीको विचार अनुसार मुस्लिम समुदायलाई आफूतिर ल्‍याउने योजना तर्जुमा गरिएको छ।

उक्त पाँच वर्षीय योजना चीनले तत्कालै सार्वजनिक भने गरेको छैन। तर यसको मस्यौदाको विषयमा जनवरी ६ र ७ मा बसेको बैठकपछि चाइनिज इस्लामिक एसोसियसनको वेबसाइटमा प्रेस विज्ञप्ति बनाएर राखिएको दाबी गरिएको छ।

चिनियाँकरणको यो नयाँ उपायले अन्तर्राष्ट्रिय जाँचबुझ समितिलाई बोलाउन सक्‍ने स्थिति आउन सक्छ। खासगरी यस्तो समयमा चीनले लाखौँ वीगर मुसलमानलाई सिन्जियाङको शिविरमा राख्‍ने रिपोर्टहरु बाहिर आएको छ।

सिन्जियाङ्ग एक स्वायत्त क्षेत्र हो र चीनको सुदूर पश्चिमममध्ये एसियाको सीमामा रहेको छ। सन् २०१५ मा सी जिङपिङको जोडजार अपिलपछि पार्टीको एउटा इकाइ युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्ट विदेशी धर्म, इस्लम, इसाई र बौद्ध धर्मलाई चिनियाकरण गर्नका लागि पहिलो प्राथमिकताका साथ काम गरिरहेको छ। यो इकाइ त्यसलाई शान्त गर्ने काम गर्ने गर्दछ जसले देशमा अस्थिरता पैदा गर्छ।

पञ्‍चवर्षीय योजना के हो?


यो पञ्‍चवर्षीय मस्यौदाको उद्देश्य नै इस्लामलाई धेरैभन्दा धेरै चिनियाँ बनाउनु हो। राष्ट्रिय स्तरमा मुस्लिमलाई संगठित गर्न र उसका प्रतिनिधित्व गर्ने एक औपचारिक निकाय चाइनिज इस्लामिक एसोसिएशनले उक्त योजनालाई नजकिबाट लागू गरेर चीनको साम्यवादी सिद्धान्तमा परिणत गरिदिनेछ।

यस्तै बेइजिङमा चाइना इस्लामिक इन्सिट्यूटलाई भाइस डिन गाउँ जैनफुले ६ जनवरीमा चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा उक्त परिवर्तनको बारेमा कुरा गरेको थियो।उनले बताए अनुसार ‘इस्लामलाई चीनीयाकरणको मतलब उसको मान्यता, रीतिरिवाज र विचारधारामा परिवर्तन गर्नु नभई उसको समाजवादी समाजको अनुकुल बनाउनु हो।

पत्रिकाका अनुसार चीनमा रहेका इस्लामिक समुदायले ‘आफ्नो राजनीतिक रुपमा सुधार गरी र पार्टीको नेतृत्वको अनुकरण गरी उनीहरुको धर्मलाईचिनियाँकरणका लागि आग्रह गरिएको छ।’

चिनियाँकरणको यस पञ्चवर्षीय योजनामा के के हुन सक्छ भन्ने कुरा केही रिपार्टमा बताइएको छ। चाइना इस्लामिक एसोसिएशनका प्रमुख यङ्ग फेमिङले बताएअनुसार ‘मूल सामाजिक मूल्य’ कानून र पारम्परिक संस्कृतिमा प्रशिक्षण दिइनेछ।एक ‘सकारात्मक भाव’ का साथ विभिन्न कथाको माध्यमबाट मुसलमानको ‘मार्गदर्शन’ गरिनेछ।

गाओ जैनफु भन्छन कि मदरसामा किताब राखिने छ किनकि मान्छे इस्लाम कोचिनियाँकरणको अझ राम्रोसँग बुझ्न सकुन। यद्यपि, यस योजनाको बारेमा ज्यादा जानकारी दिइएको छैन । अहिले यसलाई गोप्य राखिएको छ । योजना अगामी दिनमा अगाडी आउने ग्लोबल टाइम्सले बताएको छ।

चीन सरकारको यो योजना जस्तै एक अर्को पञ्चवर्षिय योजनाको सम्झाएको छ जुन अघिल्लो वर्ष इसाइहरु माथि लागू गरिएको थियो।जम्मा पाँच योजनाका साथ, यस योजनामा इसाइहरुलाई उनको धर्म र सामाजवादी मूल्यका बीचमा सम्बन्ध विस्तार गर्नका लागि, धर्मशास्त्र नीवलाई गहिरो बनाउन, धार्मिक शिक्षाको विनियोजन गर्न, ‘चीनीयाँ विशेषता’ माथि विश्वास विकसित गर्न र परोपकारमा ध्यान केन्द्रित गर्नको लागि भएको बताइएको छ।

मिडियामा कसरी आयो खबर ?


यो खवर जस्तो प्रकारले मिडियामा आयो त्यसको खास अर्थ निकालिएको छ। चिनियाँकरणको यस योजनालाई लिएर भएको बैठकको खबरचिनियाँ भाषामा छापिने पत्रिकामा दिइएको छैन।

यो एकदम अचम्म छ किनकी चिनियाँ मिडिया वर्षभरि इस्लामकोचिनियाँकरणको समाचार दिदै आइरहेको छ। विशेष रुपमाचिनियाँ अधिकारी यसको नैतिक–धार्मिक आतिवादबाट प्ररित आतंकवादमाथि नियन्त्रण गर्नु मुख्य कारण मान्दछन्।

तर, यस बैठकको खबर ग्लोबल टाइम्सको अंग्रेजी संस्करणमा दिइएको थियो जब की यो चिनियाँ संस्करणमा थिएन। यसको मतलब यो पनि निकालिएको छ कि चीनको यस मसलामाथि अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न चाहन्थ्यो।

ग्लाबल टाइम्सका सम्पादक सिजिन पिछले ६ महिनामा सिन्जियाङगको लिएर चीनको दृष्टिकोण प्रमुखताका साथ राखिरहेका छन्। खास गरेर त्यतिबेला जब बीबीसीसहित अन्तर्राष्ट्रिय मिडियाले उइमुर मुसलमानलाई उस क्षेत्रमा नजरबन्द शिविरमा राखिएको मामिला उठाउन सुरु गरेको थिए।

यतिखेर पत्रिकालाई सिन्जियाङगमा जाने अनुमति दिइयो। हु सिजिन आफै त्यहा गएर यो शिविर केवल भोकेशनल ट्रेनिङ केन्द्र हो जुन अतिवाद अन्त्यको उद्देश्यले बनाएको हो।

वार्षिक इस्लामिक बैठकमा को थियो ?


यो बैठक बेइजिङमा भएको थियो, जसमा प्रतिनिधित्व बेइजिङ, सांघाइ र अन्य ६ प्रान्तः आन्तरिक मंगोलिया, जियाङग्सु, हनान, गुआंगडोंग, युन्नान र क्विंगहाईबाट प्रतिनिधिहरु सहभागी भएका थिए।

 

ध्यान दिनुपर्ने कुरा यो छ कि शिनजियांगबाट यसमा एकजना पनि प्रतिनिधि सहभागि थिएनन् जबकि यस यस क्षेत्रमा मुख्यतः मुस्लिमहरुको बसोबास रहेको छ।

इस्लामको चिनियाँकरणमा के होला?


पहिलो पटक इस्लामलाई चिनियाँकरण गर्ने दावी सी जिङपिङले २०१५ मा युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टमा भाषणको क्रममा गरेका थिए।
यसको माध्यमबाट जुन समूह निशानामा हुनेछन् उनीहरु विदेशमा बस्ने चिनियाँ नागरिक, धार्मिक संगठन, बुद्धिजीवी र निजी क्षेत्रमा काम गर्ने मानिसहरु छन्।

आफ्नो भाषणमासि जिनपिङले विभागको लागि धर्म सम्बन्धी एजेन्डाको रुपरेखा प्रस्तुत गरे र चार प्रमुख क्षेत्रमा काम गर्नुपर्ने जरुरी भएको बताए जसमा सबै भन्दा पहिलो चिनियाँकरण हो। अन्य तीन जसमा उल्लेख गरिएको थियो, ती थिए।

कानुनको शासनलाई बढावा दिने, समाजमा धर्मको उपयोगका आँकलन गर्नको लागि माक्र्सवादी दृष्टिकोणको उपयोग गर्ने र सामाजिक सद्भाव, आर्थिक विकासको अगाडि बढाउनेमा प्रमुख धार्मिक व्यक्तिको भूमिकालाई बढावा दिने ।

चीनमा इस्लामको चिनियाँकरणको तयारी


त्यतिबेला देखि युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टले मस्जिदमा अझ धेरै नियम–कानून लागु गर्न सुरु गरिएको थियो । उनलाई यी चार चीज अपनाउनको लागि भनियो, जसमा राष्ट्रिय झण्डा,चिनियाँ संविधान र कानून, समाजवादको प्रमूख मूल्य र पारम्परिक चिनियाँ मूल्य सामेल छन् ।

यसको आधारभूत रुपमा पलानन गर्नको लागि प्रमुखताका साथ राष्ट्रिय झण्डा राख्ने, मस्जिदमा सामाजवादको बारेमा जानकारी दिने र अन्य कुराहरु जस्तै महिलालाई सम्मान गर्ने आदि सम्बन्धित निर्देशन दिने कुरा सामेल छन् ।

यी नियमलाई सही साबित गर्नका लागि चाइनिज इस्लामिक एसोसिएशन ले २०१८ मे मा एक लेखमा बारम्बार कुरानको दावी गरिएको छ। यस लेखमा भनिएको छ कि कुरान देशभक्ति निभाउने, निष्पक्षता र परोपकारलाई दर्शाउँछ र खासगरीचिनियाँ ज्ञानको स्रोतको रुपमा पेश गरेको छ।

तर, यस लेखमा अन्तिमको तिनवटा कुरा सही थिएन किन कि कुरानमा चीनले गरेको दाबी छैन। यद्यपि अरबीमा एउटा भनाइ छ जुन पैगम्बर महम्मदलाई हवाला दिएर भन्‍ने गरिन्छ, ‘यदि तपाईलाई ज्ञान चाहियो भने चीनसम्म पनि जानुहोस्।’

-बिबिसी हिन्दीबाट

माघ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्