धार्मिक गुरु राम रहीमलाई पत्रकार हत्याको अभियोगमा जन्मकैद

भारतीय धार्मिक संस्था ‘डेरा सच्चा सौदा’का प्रमुख गुरमीत राम रहीमलाई भारत पञ्चकुलाको विशेष सीबीआई अदालतले पत्रकार रामचन्द्र छत्रपति हत्या प्रकरणमा जन्मकैदको सजाय सुनाएको छ।

पत्रकार रामचन्द्र छत्रपतिको सन् २००२ मा हत्या भएको थियो। अदालतले राम रहिमसहित अन्य तीन जना कुलदीप सिंह, निर्मल सिंह र कृष्ण लाललाई पनि दोषी ठहर गरी जन्म कैदको सजाय सुनाएको छ।

डेरा सच्चा सौदाकी एक अधिकारी शोभा इन्साले समर्थकहरुलाई विचलित नहुनको लागि अपिल गरेकी छन्। उनले ट्वीट गरेर यस मामलामा आगामी दिनमा कानुनी प्रक्रिया चलाइने बताएकी छन् ।

जुन अदालतले राम रहिमलाई पत्रकार हत्याको मामिलामा सजाय सुनायो, त्यही अदालतले गत अगस्ट २०१७ मा उनलाई बलात्कार मुद्दामा पनि दोषी ठहर गरेको थियो। पत्रकार रामचन्द्र छत्रपतिले नै सन् २००२ मा उक्त बलात्कारको बारेमा पहिलो पटक जानकारी दिएका थिए।

माघ ४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्