‘नेपाल-भारत दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ’ काठमाडौँमा

काठमाडौं- नेपाल र भारतका युवा उद्यमीहरुलाई लक्षत गरेर काठमाडौं ‘नेपाल-भारत दोस्रो अन्तराष्ट्रिय उद्यमशीलता कन्क्लेभ’ सुरु भएको छ। भारतीय दूतावास र नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त कार्यक्रम सुरु भएको हो।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्‍जीवसिंह पूरीले विश्‍व बजारमा सबैभन्दा राम्रो र उत्कृष्ट उद्यमशील पेशा प्रविधिमा अन्वेषण भएको बताए। उनले भने ‘ अहिले विश्‍वमा सबैभन्दा राम्रो र उत्कृष्ट उद्यमशीलता प्रविधिमा नयाँ खोज्‍नु र विश्‍वलाई दिनु हो। त्‍यसकारण नेपाली र भारतीय युवाहरुले यसमा आफ्‍नो आइडिया र अवसरलाई सदुपयोग गरोस्।’

उनले अहिले उद्यमशीलताको सबैभन्दा शसक्त र गतिलो उदाहरण सामाजिक सञ्‍जाल भएको दाबी गरे। उनले भने ‘ संसारमा अहिले सबैभन्दा धेरै फस्टाएको युवाहरुको आडियाले संसारलाघ जोड्‍न सकेको प्लेटफर्म सामाजिक सञ्‍जाल नै हो। फेसबक, ट्विटरलगायतका सामाजिक सञ्‍जाल युवाहरुले नेतृत्व गरिहरेका छन्। ‘

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेपाली युवाहरुको साथ सहयोग र सहकार्यले नेपालको डिजिटल नेपाललाई सहयोग हुने बताए। उनले युवाहरु ९० लाख भएको उनीहरुले नेपालको भविष्‍य भएको बताए। उनले भने, ‘ ९० लाख नेपाली युवाहरु नै नेपालको भविष्‍य हो। यसलाई सरकार र प्रधामन्त्री दुवैले आत्मसाथ गर्नु भएको छ। हामी डिजिटल नेपालमा उहाँहरुलाई सँगै लैजानेछौ।’

उनले टुटलबारे सरकार सकारात्म रहेको र यसलाई युवाहरुको प्रतितिनिधको रुपमा बन्द नगर्ने बरु सधैं प्रोत्साहहन गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा नेपाल र भारतका युवा उद्यमशीलतामा आ-आफ्नो अनुभव र योजनाहरु प्रस्तुत गर्ने छन्।

क्लक बी बीजनेस नोट ५ हजार नेपाली र भारतीय युवाहरुलाई नयाँ नयाँ आइडियाहरुको अवसर प्रदान गर्नेछ भने संयुक्त राष्ट्रसंघले

नेपाली युवा उद्यमीहरुले  विभिन्‍न कलेजबाट १ हजार जनाले आवेदन दर्ता गराएका छन् भने ५१ आइडिया रहेका छन् जसमा युवाहरुले प्रस्तुत गर्ने छन्। त्‍यसमध्‍ये भारतबाट पनि केही आइडियाहरु प्रस्तुत गर्नेछन्।

 

 

 

 

 

माघ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्