मेक्सिकोमा तेलको पाइप लाइनमा बिस्फोट, २१ जनाको मृत्यु

मेक्सिकोमा तेलको पाइपलाइनमा बिस्फोट हुँदा कम्तिमा २१ जनाको ज्यान गएको छ । यस्तै ७१ जना घाइते भएका छन् । मेक्सिकोको मध्य क्षेत्रको राज्य हाइडाल्गोमा इन्धनको पाइप लाइनमा बिस्फोट भएको हो ।

लिक भएको तेल लिनका लागि स्थानीय बासिन्दा पुगेका बेला आगो सल्किएर बिस्फोट भएको हाइडाल्गोका गभर्नर ओमार फायदले बताए ।

शरीर जलेर घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उद्धारका लागि हेलिकप्टर परिचालन भएका छन् । राज्य सरकारले पीडितलाई राहत दिने प्रतिबद्धता जनाएको छ ।

तेल लिक हुनुको कारण खुलेको छैन । मेक्सिमको सरकारी तेल कम्पनी पेमेक्सको पाइप लाइनमा बिस्फोट भएको हो । यसअघि पनि यस्ता बिस्फोट भएका थिए ।

माघ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्