बानेश्वर आगलागीः प्रहरी भन्छ ‘ठूलो क्षति जोगियो’

काठमाडौँ – शनिबार दिउँसो कार्यालय बिदाको दिन । नागरिक लगानी कोष रहेको भवनबाट एक्कास्सी धुवाँको मुस्लो निस्क्यो । नजिकै रहेका प्रहरीले आगलागी भएको तुरुन्तै थाहा पाए । दमकल बोलाइयो । प्रहरी, स्थानीय बासिन्दा लगायतको सहभागीतामा आगलागी नियन्त्रणमा लिइयो ।

‘समयमै प्रहरी, दमकल लगायतको टोली पुगेपछि कार्यालयका कर्मचारी शुसिलकुमार अर्यालको कार्यकक्षबाट फैलिएको आगलागीले ठूलो रुप लिन पाएन,’ बानेश्वर प्रहरी वृतका डिएसपी गोविन्दराज काफ्लेले भने, ठूलो क्षति हुनबाट जोगियो ।’

‘आगलागी भएको कार्यकक्ष नजिकै ग्यास सिलिण्डरहरु पनि थिए केहीगरी त्यसमा आगोले टिपेको भए झनै ठूलो क्षति हुन सक्थ्यो तर उद्धारकर्मीको टोलीले सिलिण्डर सबैभन्दा पहिले बाहिर फाल्यौँ, अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ’, काफ्लेले भने ।

उनका अनुसार कार्यकक्षमा रहेका फर्निचर, कम्प्यूटर लगायत कागजपत्र जलेका छन् ।

माघ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्