प्रदेश २ सरकारको घोषणाः ‘एक शहीद परिवार, एक रोजगार’

सिरहा– प्रदेश २ सरकारले मधेशी शहीद बलिदानी दिवसको अवसरमा ‘एक शहीद परिवार, एक रोजगार’ योजनाको घोषणा गरेको छ।

बलिदानी दिवसको अवसरमा शनिबार सिरहाको लहानमा आयोजित शहिद परिवार सम्मान तथा शहिदको श्रद्धाञ्जली कार्यक्रममा मधेश आन्दोलनमा ज्यान गुमाएका परिवारबाट एक जनालाई रोजगारी दिने योजना सुरु भएको घोषणा गरिएको छ।

मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको बलिदानी दिवसको अवसरमा प्रदेश २ का मुख्यन्यायधिवक्ता दीपेन्द्र झाले मधेश आन्दोलनमा उनीहरुको भूमिका अविस्मरणीय रहेको भन्दै शहीद परिवारलाई रोजगारीको नियुक्ती प्रदान गर्दै सम्मान समेत गरे।

मधेश आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुलाई न्याय दिलाउन भन्दै यसअघि पनि प्रदेश २ सरकारले केही शहीद परिवारलाई मुख्यमन्त्री कार्यालय लगायत प्रदेश सरकारको मन्त्रालयमा रोजगारी दिएको उनले जानकारी दिएका छन् ।

मधेश आन्दोलनको बेला माघ ५ गते सिरहाको लहानका रमेश महतोले ज्यान गुमाएको स्मरणमा प्रत्येक वर्ष वलिदानी दिवस मनाईंदै आएको छ । बलिदानी दिवसको अवसरमा शनिबार प्रदेश २ मा सार्वजनिक विदाको घोषणा समेत गरिएको थियो।

माघ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्