खप्तड गोल्डकप : विधागत उत्कृष्टमा पुलिसका खेलाडीको बर्चस्व

धनगढी- मोफसलकै सर्वाधिक धनराशिको तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकपमा फाइनलमा शनिवार थ्री स्टारलाई १–० ले पराजित गर्दै उपाधी कब्जा गरेको नेपाल पुलिस क्लवले विधागत उत्कृष्टतामा पनि पुलिसले नै वर्चस्व कायम गरेको छ । सात विधामा दिईएको पुरुस्कारमा पाँच विधाका पुरुस्कार पुलिसका खेलाडीले प्राप्त गरे।

खेलको सर्वोत्कृष्ट खेलाडी पुलिसका रवि पासवान बने । उनले १ सय ५० सिसिको यामाहाको मोटरसाइकल प्राप्त गरे ।

उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, डिफेन्डरमा पुलिसकै अजित भण्डारी तथा उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी भए ।

उत्कृष्ट मिडफिल्डर रुस्लान थ्री स्टारक विक्रम लामा घोषित हुँदा उदयीमान खेलाडी सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित भए। प्रतियोगिता भर ३ गोल गरेका पुलिसका तिर्थ रानाले सर्वा्धिक गोलकर्ताको पुरस्कार पाए । व्यक्तिगत विधातर्फ सबै विजेताले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।

उपाधि जितेको पुलिसले २१ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता रुस्लान थ्री स्टारले भने १० लाख रुपैयाँमा चित्त बुझायो ।

 

माघ ५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्