धनगढी – युवक हत्या प्रकरणका कारण कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव आइतबार एक दिनलाई स्थगित गरिएको छ । युवक हत्याको शोकमा महोत्सव स्थगित गरिएको आयोजकले जनाएको छ ।

शनिबार साँझ महोत्सवबाट घर फर्कने बेला दुई युवा समूहबीच विवाद हुँदा गोदावरी नगरपालिका १ का २० वर्षीय अरुण भट्टको हत्या भएको थियो । घटनामा तीन जना घाइते भएका छन् ।

महोत्सव स्थल नजिकै घटना भएका कारण एक दिनलाई महोत्सव स्थगित गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।

यस्तै घटनाको विरोधमा अत्तरिया बजार समेत बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको छानबिन गरिरहेको जनाएको छ ।

माघ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्