नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

फाइल तस्बिर।

काठमाडौं-थाइल्याण्डमा टि–२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्केको छ।

समूह चरणमा अपराजित र सेमिफाइनलमा इण्डोनेशियालाई हराएको नेपाली क्रिकेट टोली फाइनल खेलमा आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । शनिबार सम्पन्न फाइनलमा थाइल्याण्डसँग ७० रनले पराजित भएपछि उपाधिबाट बाहिरिएको थियो।

शुक्रबार नेपालले इण्डोनेशियालाई ९२ रनले हराएको थियो। त्यस्तै नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले र दोस्रो खेलमा मलेशियालाई छ विकेटले पराजित गरेको थियो ।

त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई छ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले पराजित गरेको थियो।

अन्तर्राष्ट्रिय सहभागिताको १२ वर्षमा दोस्रो पटक उपाधि नजीक पुगेको नेपालको उपाधि जित्ने सपना यस पटक पनि पूरा हुन सकेन । यसअघि सन् २००७ मा पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता एसिसी वुमेन्स च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो।

माघ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्