कालो भाले, रंग मात्रै होइन, मासु पनि कालो !

दाङ- कालो भाले ! कस्तो अचम्म। रंग मात्रै होईन, मासु समेत कालो हुन्छ महोत्सव अवलोकनमा पुग्ने दर्शकलाई बताउदै थिए भिमलाल शर्मा। दर्शकको नजर सोझै कालो भालेमा पर्छ । अनि त्यसबारे सोधी खोजी शुरु हुन्छ ।

दक्षिण अफ्रिकाको कालो जातको भाले (कडकनाथ)राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा व्यवसायिक पालन गरिएको छ।

प्रचार प्रसारको लागी महोत्वसमा स्टल समेत राखिएको छ।‘महोत्सव हेर्न आउनेहरुले निकै चासोका साथ सोध्नुहुन्छ’शर्माले भने–‘कालो भाले देखेर अचम्ममा पर्नेहरु पनि हुनुहुन्छ।’

कालो भालेको स्वाद वेग्लै हुन व्यवसायिक किसान शर्माले बताउनु भयो।‘जाडो मौसममा तातो पना बढि दिन्छ। अन्य कुखुरा भन्दा यसको स्वाद फरक हुन्छ’उनले भने–‘धेरैले किनेर लग्नु भएको छ।’ 

यति मात्रै होइन, स्टलमा वट्टैको स्वाद चाख्न पाइन्छ। वट्टै चराको पनि व्यवसयिक पालन गरिएको छ। हेचरी उद्योग स्थापना गरेर वट्टैको अण्डाबाट चरा उत्पादन गर्ने र त्यसको विक्रि वितरण थालिएको छ।

व्यवसायिक कुखुरा, वट्टै, हाँस पालनबाट पाँच जना यूवाले मासिक एक लाख भन्दा बढी आम्दानी गर्दै आएका छन्। बट्टै र कडकनाथ जातको कुखुरा दाङमा नयाँ भएकोले पनि राम्रो ब्यसाय भएको उनले बताए।

‘बिक्रीको लागि चिन्ता छैन। उत्पादन गर्न सके जतिपनी बिक्री हुन्छ’उनले भने, ‘वट्टै प्रतिगोटा तीन सय रुपैयाँमा विक्री हुन्छ।’

राप्ती गाउँपालिका मौरीघाट निवासी भिमलाल आचार्य, रेशम खड्का, केशव शर्मा, शंकर गौतम र प्रभात घिमिरेले सयुक्त रुपमा व्यवसाय संचालन गरेका छन्।

माघ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्