पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस, वित्त आयोगमा बालानन्द पौडल

काठमाडौं – संवैधानिक परिषदले पाँचवटा संवैधानिक आयोगमा अध्यक्ष सिफारिस गरेको छ । आइतबार बेलुका प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगमा अध्यक्ष सिफारिस गरेको हो ।

परिषदका एक सदस्यका अनुसार वित्त आयोगमा बालानन्द पौडल, समावेशी आयोगमा सान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्तलाई सिफारिस गरेको छ ।

पूर्वसचिवसमेत रहेका पौडेल स्थानीय तह पुनसंरचना आयोगको अध्यक्ष भएका थिए भने सुवेदी पनि पूर्व सचिव हुन् । त्यस्तै थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारी सिफारिस भएका छन् ।

सबै आयोगमा अध्यक्षसहित पाँचजना पदाधिकारी रहने संवैधानिक व्यवस्था छ । परिषदले सिफारिस गरेका व्यक्तिबारे संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

संविधान जारी भएको ती वर्ष ६ महिनापछि सरकारले आयोगलाई पूर्णता दिन लागेको हो । संवैधानिक आयोगको संख्या १३ पु¥याइएको छ ।

माघ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्