जंगलको बाटो भएर लागुऔषध ओसार्ने पक्राउ

बिरगञ्ज-ठूलो परिमाणको लागुऔषधसहित पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय आधाभार बाराबाट खटिएको नेपाली सेनाको टोलीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाली सेनाको टोलीले लागुऔषधसहित मकवानपुरको कालिकामाई गाउँपालिका वडा न. १ बस्ने १९ बर्षिय महेश योञ्जनलाई पक्राउ गरेको हो। सेनाले तस्करी गर्न लागिएको १ क्विन्टल ३१ किलो लागु औषध गाजा र १ किलो लागुऔषध चरेशसहित योञ्जनलाई नियन्त्रणमा लिएको थियो।

तस्करहरु समूहमा रहेको भए पनि निकुञ्ज र नेपाली सेनाको टोलीलाई देख्ना साथ अन्य तस्करहरु भने गाजा छोडेर भागेको र योञ्जनलाई मात्र पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

मकवानपुरको धाधिङ लोथर तिरवाट जंगलको मार्ग भएर लागु औषध पर्सामा भित्रिन लागेको सुचनाको अधारमा सर्च अभियानमा पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटेको नेपाली सेनाको टोलीले उक्त परिमाणको लागुऔषध सहित एक जनालाई पक्राउ गर्न सफल भएको पर्सा प्रहरीले जनाएको हो ।

लागु औषधसहित पक्राउ परेका योञ्जनलाई लागु औषध गाजाशिर्षकमा मुदा दर्ता गरि कारवाही प्रक्रिया अघि बढाईएको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए ।

माघ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्