टाटा एनआरजी सार्वजनिक

धनगडी–टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेइकल परिवारमा सबैभन्दा नयाँ उत्पादन टाटा एनआरजी सार्वजनिक गरेको छ। रावत कन्सर्न प्रालि मार्फत आइतबार धनगडीमा सार्वजनिक गरेको हो।

ग्राहकहरूको बढ्दो आकांक्षालाई ध्यान दिँदै टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन सुरू गरेको छ। जसलाई नेपालको सबैभन्दा युवापुस्ता कम्प्याक्ट युटिलिटी भेइकल (सीयुभी) को रूपमा राखिएको छ। यसको स्तरीय डिजाइन र प्रविधीका कारणले गर्दा, टाटा एनआरजीले पूर्ण रूपमा नयाँ कथा निर्माण गर्ने दाबी गरेको छ।

१.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ। यो तीनवटा आकर्षक रंगमा उपलब्ध हुनेछ ( मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल पनि हुनेछ।

आइतबारबाट विक्री सुरू गरिएको टाटा एनआरजी धनगडीको शोरूममा पेट्रोल संस्करण २९.५५ लाखको सुरूवाती मूल्यमा उपलब्ध हुनेछ।

 

 

माघ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्