प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान (१४ तस्बिरसहित)

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् । डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्।

माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। पहिलोपटक प्रधानमन्त्री ओलीले सो बैठकमा सहभागिता जनाउन लागेका हुन्।

स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नेछन् । भ्रमण टोलीमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा।युवराज खतिवडा र उच्चअधिकारी रहेका छन्।

प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल यही माघ १२ स्वदेश फर्कने छन्।

तस्बिरहरुः बर्षा शाह/देश संचार।

माघ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्