एक दिवसीय तथा टी-२० सिरीजका लागि नेपाली टोलीको घोषणा, चार खेलाडीको डेव्यू

फाइल तस्बिर।

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएइ) मा हुने एक दिवसीय तथा टी-२० सिरीजका लागि १६ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।

आइतबार घोषणा गरिएको टोलीमा चार नयाँ अनुहारले सिनियर टोलिमा स्थान बनाएका छन् । भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका हुन्।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन्।

नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर अस्वस्थ भएका कारण टिममा नपर्दा वैकल्पिक खेलाडीतर्फ ललितसिंह भण्डारी, विक्रम शोब र सुशन भारी अटाएका छन्।

आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले तीन वैकल्पिक खेलाडीसहित १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

नेपालले युएएसँग माघ ११, १२ र १४ गते एक दिवसीय सिरीज तथा माघ १७, १८ र २० गते टी–ट्वान्टी सिरिज खेल्ने छ । नेपाली टोली मङ्गलबार युएइ प्रस्थान गर्ने छ।

माघ ६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्