टोटनह्यामले फुलह्यामलाई उसकै मैदानमा रहयो

रेलिगेशनबाट जोगिन संघर्षरत फुलह्याम उपाधि होडमा आफूलाई कामय राख्ने प्रयासमा रहेको टोटनह्यामसँग पराजित भएको छ । अवे मैदानमा भएको खेलमा टोटनह्यामले फुलह्याममाथि २–१ को जित निकालेको हो ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामलाई जिताउन डेल अली र ह्यारी विन्क्सले गोल गरे ।

फुलह्यामले उपहार गोल पाएको हो अर्थात टोटनह्यामका लोरेन्ट कोसिएल्नीले आत्मघाती गोल गरे । १७ औँ मिनेटमा लोरेन्टको आत्मघाती गोलबाट फुलह्यामले सुरुवाति अग्रता लियो ।

अलीले ५१ औँ मिनेटमा टोटनह्यामका लागि बराबरी गोल गरे । इन्जुरी समयको तेस्रो मिनेटमा ह्यारीले गोल गरेपछि टोटनह्यामले जित निकाल्यो । फुलह्यामको रेलिगेशनबाट जोगिने पाइलामा धक्का लाग्यो ।

जितपछि तेस्रो स्थानको टोटनह्यामको २३ खेलबाट ५१ अंक भएको छ । उ शीर्षस्थानको लिभरपुल भन्दा ९ तथा दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा पाँच अंकले पछि छ ।

पुछारबाट दोस्रो स्थानमा रहेको फुलह्यामको मात्रै १४ अंक छ । क्लाउडियो रानिएरीको टिम रेलिगेशन जोनबाट बाहिर रहेको टिम भन्दा सात अंकले पछि छ ।

माघ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्