इजरायली सेनाले इरानीविरुद्ध सिरियामा आक्रमण थाल्यो

इजरायलको सेनाले सिरियामा रहेका इरानीविरुद्ध कारवाही अभियान सुरु गरेको छ । इजरायलको डिफेन्स फोर्स (आइडिएफ) ले आफूहरुले क्वाडस फोर्स, इरानियन रिभोलुसनरी फोर्सको इलाइट युनिटविरुद्ध कारवाही अभियान सुरु गरेको बताएको छ ।

आइडिएफले अभियानबारे विस्तृत विवरण दिएको छैन । आइडिएफले सिरियाको राजधानी दमासकस वरपर आक्रमणका आवाज सुनिएको खबर छ । आइडिएफले हवाई आक्रमण गरेको हो ।

सिरियाली हवाई सेनाले जवाफी कारवाही पनि गरेको छ । आइडिएफले सोमाबार बिहानै ट्वीट गरेर आक्रमण अभियान सुरु भएको जानकारी दिएको हो ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार इजरायली रकेटले दमासकस आसपासका क्षेत्रमा आक्रमण गरिरहेका छन् ।

माघ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्