भाजापालाई भोट नदिने जाट नेताको चेतावनी

अखिल भारतीय जाट आरक्षण महाआन्दोलनका नेताले सरकारले आफूहरुको आरक्षण सम्बन्धी माग अस्वीकार गरेर धोका दिएको बताएका छन् ।

भारतीय पत्रिका इन्डियन एक्सप्रेसका अनुसार आइतबार दिल्लीमा उत्तर प्रदेश, राजस्थान, हरियाणा, दिल्ली तथा मध्य प्रदेशका जाट नेता (किसान नेता) महाआन्दोलनको अभियानको क्रममा जम्मा भएका थिए ।

नेताहरुको आरोप छ कि, भारतीय जनता पार्टी नेतृत्वको नरेन्द्र मोदी सरकारले आरक्षणको माग नमानेर आफूहरुमाथि धोका दियो ।

महाआन्दोलनका नेता धर्मवीर चौधरीका अनुसार अघिल्लो सरकराले केन्द्रीय सेवामा जाट समुदायलाई आरक्षणको सुविधा दिएको थियो । तर यसमा सर्वोच्च अदालतमा मुद्दा परेपछि अहिलेको सरकारले आफूहरुको आरक्षणको पक्षमा बलियो रुपमा प्रस्तुत नभएको आरोप छ ।

तर यही सरकारले आर्थिक रुपले विपन्नहरुका लागि १० प्रतिशत आरक्षण मात्रै सात दिन भित्र दिएको थियो । सरकारको रबैयाले आफूहरु निराश भएको उनले बताएका छन् ।

आरक्षणको माग पूरा नभएमा आउँदो चुनावमा आफूहरुले भाजपाको विरोध गर्ने र मायावतीलाई समर्थन दिने जाट नेताले चेतावनी दिएका छन् ।

माघ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्