फोटो फिचर

रणजित मल्लले सुरु गरेको माधवनारायण मेला सुरु

भक्तपुर – हरेक वर्ष भक्तपुरको हनुमानघाटमा लाग्ने एक महिने माधवनारायण मेला सुरु भएको छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा अर्थात स्वस्थानी व्रत अवधिभर माधवनारायण मेला लाग्ने गर्दछ ।

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।

नेपाल सम्वत ७२२ मा राजा रणजित मल्ल आफैले व्रतको व्यवस्थापन गरेको कुरा शिलालेखमा उल्लेख छ ।

माघ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्