रहेनन् कलाकार गणेश न्यौपाने

औषधि खान सोफामा बसेका मुनाल सोफामै बिते, पशुपतिमा अन्तिम सँस्कार हुँदै

काठमाडौँ– कलाकार गणेश न्यौपाने मुनालको निधन भएको छ। सोमबार बिहान ९ बजेको आसपासमा उनको निधन भएको मुनालका छिमेकी प्राध्यापक भेषनाथ सापकोटाले जानकारी दिए।  ‘आज बिहान नौ बजेतिर औषधि खानलाई सोफामा बस्नुभएको थियो, त्यत्तिकैमा उहाँको निधन भयो,’ सापकोटाले देशसञ्चारसँग फोनमा  भने।

मुनाललाई भेट्न उनकै घरमा गएका सापकोटाका अनुसार उनलाई निमोनिया भएको थियो। ‘दुई सातादेखि उहाँले औषधि लिनुभएको थियो।’ सापकोटाले भने, ‘आज बिहान झाडापखाला पनि भएको थियो, औषधि खानलाई सोफामा बस्नुभएको थियो, त्यत्तिकैमा यस्तो भयो।’

२००७ सालमा जन्मेका मुनालको ६८ वर्षको उमेरमा उनकै घरमा निधन भएको हो। उनले अभिनय गरेको ‘गोपी’ यही माघ १८ मा प्रदर्शन हुँदै छ।

मुनाललाई पुशपति आर्यघाटमा अन्तिम सँस्कारको लागि लगिएको छ।

माघ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्