खोज्दैछ पथ मृत्युमाथि विजय र संजीवनी !

हुँदैछ बन्द
बतासको बेग र
तिम्रो नि:श्वास !

उड्दैछ फुङ्ग
डाँडाको रङ्ग -श्वास
तिम्रो अस्तित्व ।

फुट्दैछ प्याट्ट
भान्साको सिसा-स्वप्न
हातको चुरा !

ब्यूझन्‍न श्वान
सुतेको देश ,आँखा
र कुम्भकर्ण !

रुँदैछन् .धरा
आकाश र विश्वास
दिव्य लोचन !

देख्दैछु खोट
तिम्रो नियत, यात्रा
र आश्वासन !

मर्दैछ पल
सन्की मान्छे, स्वप्न र
निश्काम कर्म !

सुक्दैछ बोट
हिमश्रृंखला -मूल
र त्यो साहस !

अडिन्छ टक्क
घडीको सुइ -यात्रा,
गीतको धुन ।

ढाक्दैछ झट्ट
अहंकारी तुवालो
दम्भी बादल !

खोज्दैछ पथ
मृत्युमाथि विजय
र संजीवनी !

माघ ७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्