जलवायु परिवर्तन

ग्रिनल्याण्डको हिउँ सोचेभन्दा तीव्र गतिमा पग्लिँदै, हराउँदै सतही हिउँ

वैज्ञानिकले यसअघि आँकलन गरेको भन्दा तीव्र गतिमा ग्रिनल्याण्ड पग्लिरहेको पुष्टि भएको छ । नयाँ अनुसन्धान अनुसार सन् २००३ यता ग्रिन ल्याण्डमा आइस (हिउँ) पग्लिने क्रम चार गुण तीव्र भएको छ ।

ग्रिनल्याण्डका हिमनदीहरु हुँदै ठूला आइसका पहाड वा आइस–चट्टान एटलान्टिक ओसनमा पुगेका छन् । यस्ता आइसका पहाड वा आइस–चट्टान एटलान्टिक ओसनमा पुगेपछि पग्लिने गरेका छन् ।

तर चिन्ताको विषय ग्रिनल्याण्डको हिमनदी निकै कम रहेको क्षेत्रमा पछिल्ला वर्षमा हिउँ पग्लिने क्रम बढी देखिनु रहेको वैज्ञानिकले बताएका छन् । ग्रिनल्याण्डको दक्षिण पश्चिमा रहेका आइल्याण्डमा हिउँ पग्लिने क्रममा सन् २००३ यता तीव्र देखिएको छ ।

यो अनुसन्धानले विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिसँगै सतहमा रहेको हिउँ पग्लिन थालेको देखिएको छ । यसरी हिउँ पग्लिएर बनेको पानी विभिन्न नदी हुँदै समुद्रसम्म पुग्ने गरेका छन् । यसले गर्दा समुद्रको सतह बढ्दै गएको छ ।

ग्रिनल्याण्डको दक्षिण पश्चिमी क्षेत्र भविष्यमा समुद्री सहत बढ्नुको प्रमुख कारक बन्ने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । अनुसन्धानकर्ता माइकल बेविसका अनुसार ठूला हिमनदीबाट हिउँ विग्रह हुँदै जानु अर्थात हिउँ समुद्रसम्म पुग्नु प्रमुख चिन्ताको विषय हो ।

ओहायो स्टेट युनिभर्सिटीका प्रोफेसर समेत रहेका बेविसका अनुसार नयाँ अनुसन्धानले अर्को ठूलो चिन्ताको रुपमा हिउँको ठूलो मात्रा पग्लिएर पानीको रुपमा समुद्रमा पुग्नु देखिएको छ । यसले गर्दा विश्वका विभिन्न तटीय क्षेत्रहरु थप जोखिममा आएका छन् ।

अनुसन्धानकर्ताका अनुसार सतही हिउँ जलवायु परिवर्तनका कारण समुद्रमा मिसिँदा मायामी, शाङ्घाइ, बंगलादेश तथा प्यासिफिक आइल्याण्डका धेरै ठाउँहरु थप जोखिममा परेका छन् ।

अनुसन्धानको प्रतिवेदन प्रोसिडिङ्ग अफ द नेशलन एकेडेमी अफ साइन्समा प्रकाशित भएको छ ।

माघ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्