बलिउडका यी गीत जसलाई बनाउन खर्च गरियो करोडौँ रकम

शाहरुख खान, माधुरी दीक्षित र ऐश्वर्या राय बच्चनको चर्चित फिल्म देवदास रिलिज भएको १५ वर्ष भैसकेको छ। यस फिल्मको डोला रे डोला गीत एकदमै चर्चित रह्यो र सो गीतको छायाकंनलाई समेत धेरैले मन पराए।

त्यस गीतका लागि फिल्मका निर्देशक संजय लिला भंसालीले भव्य सेट बनाएका थिए । यस गितलाई हिन्दी सिनेमामा सबैभन्दा मंहगो गित मध्ये एक मानिन्छ ।
फिल्मकी कोरियोग्राफर शरोज खानका अनुसार गीतको सुटिङमा करिब २ करोड ५० लाख खर्च गरिएको थियो।

 

था करके ‘गोलमाल’


रोहित शेट्टीको ‘गोलमाल २’ को ‘था करके’ गीतमा १० मंहगा गाडिहरुलाई उडाइयो। यस गितमा १ हजार डान्सरका साथ साथै २ सय ट्रेन्ड फाइटरलाई समेत समावेश गराएको थियो। सो गितको सुटिङ लगातार १२ दिनसम्म गरिएको थियो।

‘जब प्यार किया तो डरना क्या’


१९६० मा निर्देशक के आसिफको फिल्म ‘मुगल ए आजम’ को ‘जब प्यार किया तो डरना क्या’ गीतका लागि शीशमहलको सेट तयार गरिएको थियो । शीशमहल जस्ताको त्यस्तै तयार गर्न २ वर्ष लागेको थियो ।१५० फिट लामो र ८० फिट चौडाई भएको महल बनाउनमा अरु फिल्मको बजेट भन्दा बढि खर्च लाग्यो । यसै फिल्मका लागि भनेर बेल्जियमबाट काँच मगाएको थियो। उक्त काँच शीशमहलमा प्रयोग गरियो। मुगल ए आजम फिल्म ‘ब्ल्याक एण्ड व्हाइट’ फिल्म भएतापनि सो गितलाई ‘ टेक्नी कलर’( रङ्गिन बनाउने विधी) गरिएको थियो।  फिल्म विशेषज्ञका अनुसार सो गीत बनाउन अहिलेको समयमा २ करोड ५० लाख लाग्थ्यो।

प्रेम रतन धन पायो


फिल्म मुगल ए आजम कै शीशमहल जस्तै प्रेम रतन धन पायो फिल्मका लागि पनि तयार गरिएको थियो। जसमा लगभग ३ सय कामदार सहभागी थिए । फिल्मको यसै सेटमा प्रेम रतन धन पायो गीतको छायांकन गरिएको थियो।

उक्त सेटका लागि निर्माता तथा निर्देशक शुरज बडजात्याले करिब ढाई करोड खर्च गरेका हुन्।

हंस गित, बाहुबली २


प्रभाष र अनुष्का शेट्टीको अभिनय गरिएको गीतलाई हाँसको आकार भएको काठको सेटमा छायांकन गरिएको थियो।

फिल्मको कम्प्यूटर ग्राफिक्समा काम गर्ने मकुटाका वीएफएक्स प्रमुख धुरा बाबु भन्छन् ‘ ‘यस गितको लागि मात्र हाँसको आकार भएको काठको सेट र सिढी बनाएका थियौँ । अरु सबै काम कमप्यूटरको गाफिक्सका मदतले गरिएको थियो जो रियल सेट भन्दा मंहगो हुन्छ ।’ सो गीतमा करिब डेढ करोड खर्च भएको थियो।

माघ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्