कांग्रेसले गर्‍यो संसद अवरुद्ध, बैठक १५ मिनेट स्थगित

रोष्टम घेराउ गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरु । तस्बिर-बर्षा शाह/ देश सञ्‍चार

काठमाडौं- प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेका छन्।

सरकारमाथि दुई तिहाईको दम्भमा कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै सदन अवरुद्ध गरेको हो।

संसदको मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई बोल्‍न समय दिएका थिए।

प्रकाशमानले सरकारले पूर्वाग्रह ढंगबाट सरकारले दुबै अस्पताललाई बन्द गराउने खोजेको आरोप लगाए। उनले भने, ‘ जबसम्‍म सरकारले उक्त निर्णय उल्ट्याउँदैन। तबसम्‍म संसद चल्‍दैन।’

त्‍यस लगत्तै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गर्न गएका थिए। उनीहरुलाई मर्यादापालकहरुले कांग्रेस सांसदहरुलाई रोक्न खोजेका थिए।   संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

 

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

माघ ८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्