काठमाडौँको चन्द्रागिरि र आसपासका क्षेत्रमा हिउँ परेको छ । मंगलबार रातिदेखि पानी परेकोमा बुधबार बिहान हिउँ परेको हो । चन्द्रागिरि क्षेत्रमा यो वर्ष दोस्रो पटक हिउँ परेको हो ।

यसअघि दुई हप्ता पहिले पनि हिउँ परेको थियो । बुधबार हिउँ परेसँगै त्यहाँ हिउँ खेल्न पुग्नेहरुको घुइँचो लागेको छ ।

तस्बिर सौजन्य : चन्द्रागिरि हिल्स

माघ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्