ट्रेलरले ठक्कर दिँदा इ-रिक्सा चालकको मृत्‍यु

वीरगञ्‍ज- बाराको पथलैया–निजगढ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पसाहा पुल नजिकै ना ८ ख १३३८ नम्बरको ट्रेलरले इ-रिक्सालाई ठक्कर दिँदा इ-रिक्सामा सवार बाराको कोल्हबी नगरपालिका-८ काटगाँउ बस्ने दीपक चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा परी सोही ठाउँका इ-रिक्सा चालक गणेश चौधरी गम्भिर घाइते भएका छन्।झापाबाट कोइला बोकेर आउदै गरेको टेलरले इ-रिक्सालाई ठक्कर दिएको थियो।

ट्रेलरको ठक्करबाट गम्भिर घाईते भएका दुबैजनालार्ई उपचारका लागि सिमराको अल्पाईन अस्पताल ल्याउने क्रममा दिपकको बाटोमै ज्यान गएको थियो।

ठक्करबाट गम्भिर घाइते भएका चौधरीलाई सिमराको अल्पाईन अस्पतालमा उपचार गर्न भर्ना गरिएकोमा थप उपचारको लागि वीरगन्जको न्यूरो अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ।

माघ ९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्