सिरहामा बस दुर्घटनामा एकको मृत्यु, ३१ घाइते

सिरहा- सिरहाको कर्जन्हामा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३१ जना घाईते भएका छन्।

शुक्रवार पुर्वपश्चिम राजमाग अन्तर्गत कर्जन्हामा स्थित भएको बस दुर्घटनामा पर्साको पर्सागढीमाई नगरपालिका घर भएका करिब ३५ वर्षीय दिपराज यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

यादवको उपचारको क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताए। दुर्घटनामा गम्भिर घाइते भएका तीनमध्ये एकको मृत्यु भएपछि बाँकी दुई जनालाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ।

बसचालक धनुषाको धनुषाधाम नगरपालिका ८ घर भएका ३४ वर्षीय रामशरण यादव र सोही नगरपालिकाका ४५ वर्षीय रामप्रताप राउतलाई थप उपचारका लागि धरान पठाइएको छ। घाइते २८ जनाको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

माघ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्