बिहान कोटेश्वरबाट अपहरणमा परेकी बालिकाको सकुशल उद्धार

काठमाडौं–शुक्रबार बिहान कोटेश्वरबाट अपरहणमा परेकी एक बालिकाको सकुशल उद्धार गरिएको छ ।

प्रहरी परिषर काठमाडौंले जनकपुरकी दुई वर्षीया बालिका सन्दीज्ञ कर्णलाई केहीबेर पहिले काठमाडौंको तिलगंगास्थित गणेश होटलबाट उद्धार गरेको छ । उनलाई जनकपुरकै मनिसकुमार बिकले अपहरण गरेको प्रहरीको दावी छ ।

उनी भने बालिकालाई त्यहाँ राखेर फरार भएका छन् । अपहरणमा परेकी बालिका डा. बविता शाहकी छोरी हुन्। घटनाको विस्तृतविवरण आउन बाँकी छ।

माघ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्