विदेश पठाउँछु भनेर ‘ठगेपछि’ बच्चा अपहरण गरेको खुलासा!

काठमाडौं– वैदेशिक रोजगारीमा पठाउँछु भनेर वैदेशिक रोजगारीमा नपठाई ठगेपछि बच्चा अपहरण गरेको पाइएको छ।

शुक्रबार बिहान साढे आठ बजे काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेकी बालिकाका बुबाले जनकपुरकै मनिश कुमार बिकलाई वैदेशिक रोजगारीमा माल्दिभ्स पठाइदिन्छु भनेर २ लाख ५० हजार रुपैयाँ लिएको तर पछि वैदेपिशक रोजगारीमा पनि नपठाएको र पैसा पनि फिर्ता नदिएपछि बच्चा अपहरण गरेको पाइएको छ।

मनिश कुमार यसअघि पनि वविताको घरमा एक महिना बसेर फर्किएका थिए । उनले पटक–पटक आफ्नो पैसा फिर्ता दिन माग गर्दै आएका थिए । वविताका श्रीमानले पैसा फिर्ता नदिएपछि उनी शुक्रबार बिहान मात्रै काठमाडौं आएका थिए । आएको केही समयमै उनले वविताकी दुई बर्षिय छोरी अपहरण गरेका हुन्।

अपहरणपछि उनलाई डेढलाख रुपैयाँ फिर्ता दिएको र त्यसपछि उनी काठमाडौको तिलगंगास्थित गणेश होटलमा बच्चा छाडेर भागेका छन्। बालिकाको काठमाडौं प्रहरी परिषरले उद्धार गरेको हो।

माघ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्