सरकारविरुद्ध तरुण दलले प्रदर्शन गर्ने

सुर्खेत– नेपाली कांग्रेसको यूवा भातृ संगठन नेपाल तरुण दल जिल्ला समिति सुर्खेतले केन्द्र सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । माघ १३ गते सरकारविरुद्ध कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रर्दशन गर्ने भएको हो।

केन्द्रिय तरुणदलको आयोजना तथा सुर्खेत तरुणदलको समन्वय विरोध प्रर्दशन गरिने वीरेन्द्रगरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । प्रदेशस्तरमा हुने प्रदर्शनमा कर्णालीका १० वटै जिल्लाबाट तरुण युवाको सहभागीता रहने छ।

तरुण दल सुर्खेतका अध्यक्ष हरी विष्टका अनुसार दुई तिहाइको सरकार अराजकता गतिविधि तर्फ उन्मुख भएको प्रदर्शन गर्न लागिएको हो। १३ गते तरुणदले सातवटै प्रदेशमा बिरोध प्रदर्शन गर्न लागेको छ।

सरकारले जनआकांक्षा र राष्ट्रको आवश्यकता अनुरुप काम गर्ने भरोसा गरेपनि आम नेपालीलाई दुःख दिएको प्रदर्शन गर्न लागिएको उनले बताए।

सरकारले निर्मला हत्याकाण्डमा हत्यारालाई लुकाउने खोजेको, महङगी, भ्रष्टाचार बढ्दै गएको आरोप तरुण दलको छ।

प्रदर्शनमा २० हजार भन्दा धेरैको सहभागी गराउने तयारी भईरहेको छ । नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजङ्ग बस्नेतसहित केन्द्रिय कमिटिको सहभागीता रहने छ ।

माघ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्