बादल र कुहिरोले ढाक्यो, पानी पर्ला कि नपर्ला ?

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूर र मध्य पश्चिमका पहाडी क्षेत्रमा अहिले मौसम पूर्ण बदलीको अवस्था रहे पनि बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिएका छन् ।

पश्चिमका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको उनले बताए । मध्य तथा पूर्वका क्षेत्रमा मौसम बदली भए पनि पानी पर्ने सम्भावना छिटफुट मात्रै रहेको छ । काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहानैदेखि बादलसँगै बाक्लो कुहिरो लागेको छ ।

शनिबार पानी परेको र हावामा जलवास्पको मात्रा पर्याप्त रहेकाले कुहिरो लोगेको मौसमविद श्रेष्ठले बताए । दिउँसोतिर बिस्तारै खुल्दै जानेछ ।

पश्चिमी वायुको प्रभाव कम भएकाले दिउँसोदेखि मौसममा सुधार आउन थाल्ने मौसमविद श्रेष्ठको भनाई छ । तराईका क्षेत्रमा लागेको कुहिरो दिउँसो हट्नेछ ।

माघ १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्