वीरेन्द्रनगरमा सरकारविरुद्ध तरुण दलको प्रर्दशन

सुर्खेत- नेपाली कांग्रेसको यूवा भातृ संगठन नेपाल तरुण दलले सरकारविरुद्ध कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रर्दशन गरेको छ।

दुई तिहाइको सरकार अराजकता गतिविधि तर्फ उन्मुख भएको भन्‍दै उनीहरुले प्रदर्शन गरेको तरुण दल सुर्खेतका अध्यक्ष हरी विष्टले बताए।

पार्टी कार्यलय बिरेन्द्रनगरबाट सुरु भएर नगर परिक्रमा नारा जुलुस सहित पिपल बोट चोकमा कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्‍दै तरुण दलका अध्‍यक्ष जितजङ बस्नेतले नेकपाको सरकारले १७ हजार मान्छे मारेर देश लुटेको र त्‍यतिले नपुगेर प्रचण्डको बुहारीलाई खानेपानी मन्त्री बनाएर मेलम्चीको अर्बौको रकम भ्रष्टाचार गरेको आरोप लगाए।

यस्तै तरुण दलका उपाध्‍यक्ष उत्तम चापागाइले सरकार देश र जनताविरुद्ध तानाशाही प्रवृति लाद्‍ने शासन गर्न खोजेको आरोप लगाए।

माघ १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्