कर्णालीमा प्रदेश समन्वय परिषद्को बैठक आज

सुर्खेत – कर्णाली प्रदेश समन्वय परिषद्को बैठक सोमबार बस्दैछ । पुस २९ गत्ते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको आयोजनामा सोमबार देखि परिषद्को बैठक आह्वान गरेको थियो । बैठकमा कर्णाली प्रदेशका सबै स्थानीय तहका प्रमुख , उपप्रमुखहरुको उपस्थिति रहने छ ।

दुई दिन सम्म चल्ने बैठकमा स्थानीय तह र प्रदेश सरकार बीच विकास निर्माण, कानुन कार्यन्वयनमा देखिएका जटिलता लगायतका विषयमा छलफल हुने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवं सरकारका प्रवक्ता बिमला केसीले बताइन् ।

माघ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्