तरुण दलको विरोध प्रदर्शन आज धनगढीमा

धनगढी – सरकार विरुद्ध देशव्यापी विरोध प्रदर्शनमा उत्रेको नेपाल तरुण दलले आज (धनगढी)मा प्रदर्शन गर्दैछ । केहीबेरमा धनगढीका विभिन्न चोकबाट विरोध प्रदर्शन सुरु हुने तरुण दलले जनाएको छ ।

सरकारले मंहगी नियन्त्रण गर्न नसकेको, बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई न्याय दिन नसकेको र वाइड बडी विमान खरीदमा भ्रष्टाचार गरेको भन्दै तरुण दलले सरकारको विरोधमा प्रदर्शन थालेको हो ।

धनगढीको विरोध सभामा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

माघ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्