प्रहरी भन्छ,' अब ‘भजाइनल स्वाव’ बारेको आशंका हट्यो'

निर्मलाको ‘भजाइनल स्वाब’ र आमा दुर्गादेवीको डीएनए मिल्यो

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त ।

धनगढी- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको ‘भजाइनल स्वाव’ सँग उनकी आमा दुर्गादेवीको डिएनए म्याच भएको छ।

निर्मलाको योनीबाट निकालिएको ‘भजाइनल स्वाब’ निर्मलाकै हो वा होइन भन्‍ने आशंका उत्पन्‍न भइरहेका बेला अन्तत: निर्मलाको ‘भजाइनल स्वाब’ र उनकी आमा दुर्गादेवीको डिएनए म्याच भएको हो।

विज्ञापन

दुर्गादेवीको डिएनए परीक्षणका लागि पुस २५ गते रगत संकलन गरिएको थियो। ‘दुर्गाबाट संकलन गरिएको नमूना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको थियो। सोमबार प्रयोगशालाबाट आएको डिएनए रिपोर्ट मिलेको छ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिंह कडायतले भने, ‘प्रहरीले ‘भजाइनल स्वाब’ संकलन गर्दा नै गल्ति गरेको थियो कि भन्ने आशका पनि हटाइदिएको छ।’

अधिकारकर्मी लगायतको दवावपछि निर्मलाकी आमा दुर्गादेवीले डीएनए परीक्षणका लागि रगत दिएकी थिइन् भने बुबा यज्ञराजले रगत दिन अस्वीकार गरेका थिए।

माघ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्