प्रदिप र पललाई हेपेको प्रश्‍नमा अनमोल भने, ‘फूलको आँखामा फूलै संसार..’

काठमाडौँ – नायक अनमोल केसीले नायक प्रदिप खड्का र पल शाहलाई हेपेको आरोपको अस्वीकार गरेका छन्। शुक्रबार ‘क्याप्टेन’ चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले अरु नायकको नाम हेपेर नलिएको बताए।

केही दिन अगाडि एयरपार्टमा स्पट भएका अनमोलले ‘ब्याचलर बन्टी’ छोड्नुको कारण बताएका थिए। अनमोलले उनको ठाउँमा प्रदिप, पल जसले पनि अभिनय गर्न सक्ने बताएका थिए। उनको यही अभिव्यक्तिलाई ‘हेपेर भनिएको’ प्रतिक्रिया आएपछि अनमोलले त्‍यसको जवाफ दिँदै भने, ‘सुन्दरता हेर्ने मानिसको आँखामा हुन्छ, फुलको आँखामा फूलै संसार।’ अनमोलले थपे, ‘मैले हेपेर भनेको हैन, चित्त दुखेको भए सरी’ अनमोलले जो सक्षम छ उसैले गर्न सक्छ भनेको पनि प्रस्ट पारे।

क्याप्टेन नेपालको फुटबल खेलमा आधारित चलचित्र हो। नेपाली राष्ट्रिय टोलिमा एक युवा कसरी आइपुग्छन् अनि उसले स्वर्ण पदक ल्याउने सपना कसरी देख्छ। उसको जीवनमा के के उतारचढाब आउँछ भन्ने कुरा चलचित्रमा देखाइएको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोलले नेपाली चलचित्रकर्मीहरु दुश्मन नभइ मित्र रहेको बताए। उनले नेपालीको प्रतिस्पर्धि बलिउड भएको र बलिउड नेपालमा हराउन सबै नेपाली चलचित्रकर्मीहरु लाग्नुपर्ने बताए। उनले नेपालीलाई भारतले होच्याएको सन्दर्भ निकाल्दै आफू नेपाली चलचित्र क्षेत्रलाई माथि उकास्न सक्ने मेहनत गर्ने बताए।

भुवन केसीले निर्माण गरेको चलचित्रमा जिया केसी कार्यकारी निर्माता छिन्। चलचित्रको निर्देशन दिवाकर भट्टराईले लेखेका हुन् भने चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन्। सुदिप बरालको छायंकनमा बनेको चलचित्रमा दिर्घराज खड्काको सम्पादन छ।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफि छ भने अर्जुन पोख्रेलले संगीत दिएका छन्। चलचित्र यही फागुन १७ गते नेपालभर प्रदर्शनमा आउँदैछ।

चलचित्रमा अनमोल केसीसँगै नायिका उपासना सिंह ठकुरी अनि प्रियंका बिसीले अभिनय गर्दैछन्। चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार अनि सरोज खनालको अभिनय पनि देखिएको छ।

माघ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्