हेल्थ टिप्स

डाक्टरसँग किन डराउँछन् बालिबालिका?, जानौँ कारण र डरलाई कम गर्ने उपाय!

सामान्यतया कुनै ठूलो बिमार भयो अथवा अप्रेसन गर्नु पर्ने भयो भने डाक्टरसँग जो पनि डराउने गर्छन् । तर बालबालिकाको कुरा गर्ने हो भने उनीहरुलाई हरेक समय डाक्टरसँग डर लाग्ने गर्छ।

डाक्टरकोमा जानु पर्छ भन्ने थाहा पाएका बालबालिकाहरु ज्वरो आएको कुरा समेत अभिभावकसँग लुकाइदिन सक्छन् र ज्वरोलाई लुकाएर खाना पनि खान्छन् र ज्वरोकैबीच स्कूल जान पनि बन्द गर्दैनन्।

खासमा बालबालिकाहरुलाई त्यो चिन्ताले सताएको हुन्छ कि उनीहरुलाई डाक्टरकोमा लैजाने बित्तिकै इन्जेक्शन लगाउनुपर्छ । यसका साथै केही साइकोलोजिकल कारण पनि हुन्छन् जसले गर्दा बालबालिकाहरु डाक्टरसँग डराउने गर्छन्।

यस कारण डाक्टरसँग डराउछन् बालबालिका


बालबालिका डाक्टरसँग डराउने सबैभन्दा ठूलो कारण त सुई नै हो । सामान्यतया बालबालिका औषधि सेवन गर्न मान्दैनन् । उनीहरुलाई छिटो ठीक होस् भन्ने हेतुले डाक्टरले इन्जेक्शनका माध्यमबाट औषधि दिने गर्छन् । यहि सुईको डर उनीहरुको मनमा बसेको हुन्छ र उनीहरु डाक्टरको नाम लिने बित्तिकै डराउने गर्छन् र अस्पताल जान मान्दैनन्।

सामान्य खालको बिरामी भएमा पनि डाक्टरले कम्तिमा तीन दिनको औषधि दिने गरेका हुन्छन् र अभिभावकलाई एक खुराक पनि नछुटाउन आग्रह गर्छन् यस्तोमा औषधि खान मन नपराउने बालबालिकाहरुले आफूलाई अप्ठ्यारो महसुस गर्छन र उनीहरु चाहन्छन् डाक्टरलाई भेट्न जानु हुँदैन।

अर्काे कुरा जब बच्चाहरुको औषधि सुरु हुन्छ उनीहरुलाई बाहिरको खानेकुरा खान दिईँदैन । डाक्टरहरुले नै बाहिरको खानेकुरा नदिन अभिभावकलाई भनेका हुन्छन् उनीहरुकै अगाडि । त्यस कारण उनीहरु घरमै ज्वरो ठीक होस् र फाष्ट फूड पनि नछुटोस् भन्ने चाहन्छन्।

कसरी हटाउने बच्चाको यो डर?


आफ्ना बालबालिकालाई डाक्टरकोमा लैजाँदा त्यसअघि नै उनीहरुलाई यसबारेमा थाहा दिनुपर्छ । बच्चाहरुका लागि खेलौना डाक्टरको उपयोग पनि गर्न सकिन्छ । जस्तो बुवा अथवा अरु कोही ठूलो मान्छेले डाक्टरको जस्तै गरी सेतो कोट लगाएर खेल खेलाउन सकिन्छ ।

त्यसमा बच्चालाई मुख खोल्ने, लामो स्वास लिने, जिब्रो बाहिर निकाल्न लगाउने गर्नुपर्छ । यस प्रकारले बालबालिकालाई डाक्टरको बारेमा बताउन सकिन्छ र डर हटाउन सहयोग पुग्छ।

अस्पतालमा बच्चाहरुलाई अलग्गै बेडमा बसाएर चेकजाँच गर्नुभन्दा आमाबुवाकै कोखमा बसाएर जाँच गर्दा उनीहरुलाई सहज महसुस हुन्छ । बच्चाहरुलाई आमाबुवाबाट अलग राख्दा उनीहरु असुरक्षित महसुस गर्छन्।

यसका साथै चेकअपका लागि जब डाक्टरले बच्चाहरुलाई छुन्छन् उनीहरु आफूलाई झनै असुरक्षित महसुस गर्छन् तर आमाबुवाकै काखमा रहेका बेला भने त्यो डर कम भएर जान्छ।

बच्चाहरुले डाक्टरकोमा जान नमानेपछि उनीहरुलाई ‘नडराउ केही हुँदैन, रुनु हँदैन’ जस्ता कुरा भन्नु हुँदैन । बरु त्यो ठाउँमा बच्चाहरुलाई ‘डाक्टरसँग तिमिलाई राम्रो लाग्दैन, त्यसैले हामी एकछिनमै फर्कने हो’ भन्ने ढंगले फकाउन सकिन्छ।

अर्काे कुरा बालबालिकालाई डाक्टरकोमा लैजाँदा पूरा समय आमाबुवा साथमा रहन्छन् भन्ने कुरामा उनीहरुलाई आश्वस्त पार्नुपर्छ । धेरै बच्चाहरु इन्जेक्शनसँग डराउने भएकोले कन्फर्म नभएसम्म उनीहरुलाई ‘सुई लगाउने होइन नडराउ’ भन्नु हुँदैन।

यदि यस्तो भनेमा उनीहरु इन्जेक्शन लगाउने कुरामा झनै डराउने गर्दछन्।

एजेन्सीको सहयोगमा

माघ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू