हतियारको कारखानामा दाङ प्रहरीको छापा, बन्दुक बनाउने दुई पक्राउ

दाङ-दाङमा प्रहरीले धेरै मात्रामा हतियार फेला पारेको छ। राजपुर गाउँपालिका वडा नम्बर ७ भौवा नाकाबाट ७ थान भरुवा बन्दुक, दुई दर्जन बन्दुक बनाउन प्रयोग गरिने नाल, एउटा रिभल्वर पेस्तोल, एउटा नलकटुवा पेस्तोल बराम भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

भारतिय सिमासँग जोडिएको भौवा नाकामा हात हतियार बनाउनेगरीएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाले छापा हानेको थियो। पछिल्लो समय दाङमा हात हतियार सहित मानिस पक्राउ हुने क्रम बढेको छ। प्रहरीले बन्दुक बनाउने दुई जना व्यक्तिलाई पक्राउ गरेको छ।

हतियार बनाउने ५९ बर्षिय जितबहादुर बुढालाई विभिन्‍न प्रकारका हतियार सहित सार्वजनिक गरेको हो। सोही ठाउँका ३८ वर्षीय रुद्रमणी घर्तीलाई पनि एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

हतियार बनाउने बुढाकै कारखानाबाट ३ बर्ष पहिले १० हजारमा किनेको भरुवा बन्दुकसहित घर्तीलाई पक्राउ गरी कार्वाही प्रकृया अघि बढाएको प्रहरी प्रमुख पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए।

पक्राउ परेका बुढालाई मूलुकी अपराध संहित ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ बमोजिम हातहतियार तथा खरखजाना सम्बन्धि मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान र कार्वाही प्रकृया अघि बढाईएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए।

माघ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्