रत्नपार्कमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन (फोटो फिचर)

‘वाइडबडीको काण्ड कता हरायो, भ्रष्टाचारीको घेराबन्दीमा सरकार रमायो !’

काठमाडौं- देशमा भ्रष्टाचार, बेथिति र अन्‍याय बढेको भन्‍दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको छ। सोमबार कांग्रेसले काठमाडौं रत्नपार्कमा सरकारविरुद्ध प्रदर्शन गरेको छ।

कांग्रेसको झण्डा बोकेर कांग्रेसका समर्थक तथा कार्यकर्ताहरु सडकमा उत्रिए। उनीहरुले प्रधानमन्त्री ओलीलाई प्रश्‍न गर्दै सरकारविरुद्ध नाराबाजी गरे।

‘प्रधानमन्त्री ओलीजी वाइडबडि काण्ड कता हरायो, भ्रष्टाचारीको घेराबन्दीमा सरकार रमायो, समृद्धिको पाराले दु:ख पाए साराले, कर होइन राहत दे, चिकित्सा शिक्षा विधेयक खारेज गर, वाइडवडीमा भएको भ्रष्टाचार छानबिन गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए।

यसअघि कांग्रेसले चिकित्सा शिक्षा विधेयक र आफ्ना दुई नेताद्वय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताललाई केन्द्र मातहतमा राख्‍ने गरी मन्त्रीपरिषद्को निर्णय सच्‍याउन माग गर्दै संसद अवरोध गर्दै आएको थियो। देश सञ्‍चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका तस्बिरहरु

 

माघ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्