ऐतिहासिक सफलता हात पारेका क्रिकेट नायकहरु स्वदेश फिर्ता

अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएपछि अन्तराष्ट्रिय विमानस्थलमा । उनीहरुलाई रातो कार्फेटमा स्वागत गरिएको छ। तस्बिर-सुलभ श्रेष्ठ/ देश सञ्‍चार

काठमाडौँ– गएको दुई साताभित्र अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। यूएईसँग एकदिवशीय र टीट्वेन्टी क्रिकेट शृंखला खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। उनीहरुलाई विमानस्थलमा रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो।

दुवै शृंखला नेपालले जितेको हो। नेपालले एकदिवशीय र टीट्वेन्टीमा पहिलो पटक शृंखला जितेको हो। नेपालले गत वर्षको मार्चमा मात्र एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो।

ऐतिहासिक सफलता हात पारेको नेपाली टोलीलाई स्वागत गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिनालगायतको उपस्थिती रहेको थियो।

राष्ट्रिय सभाका अध्यक्षले दिए जनहीँ १० हजार


नेपाली टोलीलाई राष्ट्रिय सभा अध्यक्षले एयरपोर्टमै पुगेर सम्मान गरेका छन्। अध्यक्ष तिमल्सिनाले प्रोत्साहन स्वरूप जनही १० हजारका दरले दुई लाख १० हजार रुपैयाँ नगद दिएका छन्। उनले खेलाडीलाई थप सफलता प्राप्त गर्न हैसलास्वरुप व्यक्तिगत रुपमा सो प्रोत्साहन रकम उपलब्ध गराईएको बताए।

माघ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्