अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएपछि अन्तराष्ट्रिय विमानस्थलमा । उनीहरुलाई रातो कार्फेटमा स्वागत गरिएको छ। तस्बिर-सुलभ श्रेष्ठ/ देश सञ्‍चार
फर्किए क्रिकेट नायकहरु

रेडकार्पेटमा क्रिकेट नायकको मार्च, समर्थकको जय-जयकार

नेपाली क्रिकेट टोली विमानबाट अवतरण गर्नुअघि नै त्रिभुवन विमानस्थलबाहिर क्रिकेट समर्थक र खेलप्रेमीको घुँइचो लागेको थियो। विदेशमा सफलता हात पारेर आउँदा नेपाली टोलीलाई गरिने स्वागत यसपटक फरक बनाईएको थियो। उनीहरुलाई आगमन कक्षमा रेडकार्पेट ओछ्याएर स्वागत गरिएको थियो।

राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहितका खेलाडीहरु केही छिनमै समर्थकको भिडमा पुगेका थिए।

समर्थकले खेलाडी र नेपाली क्रिकेटको नाम लिँदै जयजयकार गरे।नेपालले यूएईसँगको एकदिवशीय र टीट्वेन्टी क्रिकेट शृंखला जितेर सोमबार स्वदेश फर्किएको हो।

नेपालले तीन खेलका दुवै शृंखला समान २–१ ले जितेको थियो। गत वर्ष एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपाली क्रिकेटले एकदिवशीय र टीट्वेन्टी दुवैमा पहिलो पटक शृंखला जितेको हो। युएइको यस भरमणमा नेपाली टोलीले अन्‍य केही ऐतिहासिक सफलता र खेलाडिले दुई वटा विश्‍व कीर्तिमान बनाएका थिए।

 

तस्बिरहरु- सुलभ श्रेष्ठ/देश सञ्‍चार

माघ २१, २०७५ मा प्रकाशित